जगदीश खरेलले महामन्त्रीबाट फिर्ता लिए उम्मेदवारी

१२, असार, चितवन । रास्वपाको महामन्त्रीमा उम्मेदवारी दिएका जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिइएको घोषणा गरेका छन् ।

लामो बाटो तय गर्न बाँकी रहेको भन्दै सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको उनले जनाएका छन् ।

रास्वपा केन्द्रीय सदस्य जितेका खरेलले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।

आज ५ जना पदाधिकारीको लागि महाधिवेशन प्रतिनिधिहरुले मत हाल्दैछन् ।

पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएकोले ५ पदका लागि मात्रै चुनाव हुन लागेको हो ।उपसभापतितर्फ अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार