कैलालीको बर्दगोरियामा एक पुरुष खेतमा मृत फेला

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्दगोरिया गाउँपालिका–२ दोगरागाउँस्थित खेतमा करिब ६५ वर्ष उमेरका जस्तो देखिने एक पुरुष बुधबार मृत अवस्थामा भेटिएका हुन्। मृतकको हालसम्म नाम, थर र स्थायी ठेगाना खुल्न सकेको छैन।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। साथै, मृतकको पहिचान खुलाउने र मृत्युको कारण पत्ता लगाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार