कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

भक्तराज जोशी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आए पनि नेपाली उपभोक्ताले राहतको अनुभूती गर्न नपाएको बताएका छन् ।

महामन्त्री पौडेलले आज सामाजिक सञ्जालमार्फत अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आए पनि नेपाली उपभोक्ताले राहत पाउन नसकेको बताए । “करिब ३० प्रतिशतभन्दा बढीले मूल्य घटिसक्दा नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य समायोजन नगर्दा आमनागरिक महँगो इन्धन किन्न बाध्य छन्”, उनले भने । कुनै समय प्रति ब्यारेल ११७.६३ डलर पुगेको कच्चा तेलको मूल्य हाल ६९.२१ डलरको आसपासमा झरिसकेको छ ।

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आमनागरिकले सहजै पाउनुपर्ने उनको भनाइ छ । उहाँले नेपालमा इन्धनको मूल्यलाई अन्तरराष्ट्रिय बजारसँग जोड्न ‘स्वचालित मूल्य प्रणाली’ लागू गरिएको भनिए पनि उक्त व्यवस्था लागू नभएको बताए ।

पछिल्लो समय कच्चा तेलको मूल्यमा आएको यो गिरावटको लाभ तत्काल उपभोक्तालाई हस्तान्तरण गरी सुशासनको प्रत्यभूति गराउन उनले माग गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार