धनगढीको फूलबारी क्षेत्रमा खानेपानी धारा जडान खुला

धनगढी — नेपाल खानेपानी संस्थान धनगढी शाखाले धनगढी उपमहानगरपालिका–१४ स्थित टिपो (फूलबारी) क्षेत्रका बासिन्दालाई खानेपानीको धारा जडान प्रक्रिया सुरु गर्न आग्रह गरेको छ।

संस्थानले सार्वजनिक सूचना जारी गर्दै उक्त क्षेत्रमा निर्माण गरिएको खानेपानी ट्याङ्की तथा वितरण पाइपलाइनको अधिकांश भागमा परीक्षण, मर्मत र आवश्यक सुधारका काम सम्पन्न भइसकेको जनाएको छ। केही स्थानमा परीक्षण कार्य जारी रहे पनि सञ्चालनयोग्य बनेका क्षेत्रमा भने तत्काल खानेपानी सेवा उपलब्ध गराइने बताइएको छ।

खानेपानी सेवा लिन इच्छुक उपभोक्ताहरूलाई आवश्यक प्रक्रिया पूरा गर्न धनगढी शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

संस्थानका अनुसार ओझा चोक, बजुरेली चोक, बझाङ्गी चोक, पानीपोखरीको उत्तरतर्फको रिङरोड चोक, पिपलबोट विष्ट चोक तथा दुर्गा मन्दिर आसपासका क्षेत्रमा तत्काल धारा जडान गरी सेवा सञ्चालन गर्न सकिने अवस्था रहेको छ।

खानेपानी पूर्वाधार निर्माण सम्पन्न भएसँगै फूलबारी क्षेत्रका स्थानीयले अब नियमित खानेपानी सेवा पाउने अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार