फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाली फुटबल इतिहासमा फिफाले प्रतिबन्ध लगाएको यो नै पहिलो पटक हो । यसले नेपाली फुटबल अनिश्चिता र अन्यौलतातर्फ गएको छ ।

फिफाले आफ्नो वेब साइटमा उल्लेख गरे अनुसार उसको ब्युरो अफ द काउन्सिलले नेपाललाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएको हो ।

यसअघि राष्ट्रिय खेलकुद परिषदले पनि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गरेको थियो, जुन फुकुवा भइसकेको छ । परिषदले एन्फाको प्रस्तावित चुनावलाई मान्यता नदिएपछि त्यो स्थगित भएको थियो । पंकज नेम्वाङ नेतृत्वको अहिलेको कार्यसमितिको समयावधि पनि समाप्त भइसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार