आज र भोलि वर्षाको सम्भावना : तराईमा तातो लहरको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले असार ११ र १२ गते देशका हिमाली तथा पहाडी भू–भागका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

यद्यपि, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने तथा तातो लहरको प्रभाव कायम रहने अनुमान गरिएको छ ।

बिहीबार दिउँसो देशका हिमाली र पहाडी भू–भागका साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।

बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने अनुमान छ ।

हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ ।

कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर चल्न सक्ने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना रहेको विभागको भनाइ छ ।

बिहीबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ ।

ती क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार दिउँसो पनि मौसमको अवस्था लगभग उस्तै रहनेछ ।

देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहने र थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने विभागले जनाएको छ ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव जारी रहने अनुमान गरिएको छ भने बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा पनि गर्मीको प्रभाव बढी महसुस हुन सक्नेछ ।

शुक्रबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ ।

विभागले मेघगर्जन, चट्याङ, वर्षा तथा तातो लहरबाट प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार