रास्वपाका एक हजार प्रतिनिधिले भोट गरेनन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा २ हजार ९५९ प्रतिनिधिले मतदान गरेका छन् ।

रास्वपाका पहिलो महाधिवेशनका लागि ३ हजार ८४९ जना प्रतिनिधि रहेका थिए । उनीहरुमध्ये झन्डै एक हजार जनाले मतदान गरेनन् ।

रास्वपाले ९९ जना केन्द्रीय सदस्यका लागि गरेको मतदान केहीबेर अघि सकिएको थियो । अन्तिम मतदाताको रुपमा सभापति रवि लामिछाने रहेका थिए ।

उनले मतदान गरेसँग मतदान प्रक्रिया सकिएको थियो । अहिले मुचुल्का भइरहेको छ । केही बेरमा मतगणना हुने र पदाधिकारीको चयन प्रक्रिया अघि बढ्ने बताइन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार