रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मतदान सकियो

११ असार, काठमाडौं । रास्वपा केन्द्रीय सदस्य पदका लागि भएको मतदान सकिएको छ । आज बिहानबाट भएको मतदान केहीबेरअघि सम्पन्न भएको हो ।

रास्वपाले पहिलो चरणमा केन्द्रीय सदस्यहरूको मतदान गरेको थियो । नेता गणेश पराजुलीका अनुसार, निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको आकलन गरिएको छ ।

गत ७ असारदेखि रास्वपाको महाधिवेशन जारी छ । चितवनको भरतपुरमा भएको महाधिवेशन अन्तर्गत सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

विधान अनुसार, रास्वपामा १५८ जना केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् ।

त्यस्तै, ७ प्रदेशका सभापतिहरू स्वत: केन्द्रीय सदस्य हुनेछन् । केहीबेरपछि पदाधिकारीको निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

मतदान सकिएको करिब २ घण्टामा नतिजा आइसक्ने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार