कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका–७ ठुलो सिंहपुरका ५५ वर्षीय वीरप्रसाद चौधरी मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार चौधरी बुधबार साँझ घरदेखि करिब दुई किलोमिटर टाढा रहेको आफ्नै खेतमा मृत अवस्थामा भेटिएका हुन्। स्थानीयले खेतमा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। मृत्युको कारण खुल्न बाँकी रहेकाले घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीले घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको बताएको छ।




प्रतिक्रिया दिनुहोस्