बजेटमा असन्तुष्ट एमालेको चेतावनी : माग सम्बोधन नभए सरकार छाड्ने संकेत

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटप्रति सत्ता साझेदार दल नेकपा (एमाले) ले गम्भीर असन्तुष्टि जनाएको छ

धनगढीमा सम्पन्न एमाले सुदूरपश्चिम प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले बजेटमा आवश्यक संशोधन नगरे सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएको हो।

पार्टीका प्रदेश उपसचिव तथा प्रचार विभाग प्रमुख भागरथी विष्टद्वारा जारी विज्ञप्तिमा बजेट निर्माण तथा विनियोजन प्रक्रियामा एकलौटी ढङ्ग अपनाइएको भन्दै आपत्ति जनाइएको छ। विज्ञप्तिमा संयुक्त सरकारको भावना, साझा नीति तथा कार्यक्रम तथा दलहरूबीचको सहमतिलाई बेवास्ता गरिएको आरोप लगाइएको छ।

बैठकले बजेट संशोधनका लागि आफ्नो संसदीय दललाई आवश्यक पहल र निर्देशन दिने निर्णयसमेत गरेको छ। एमालेले आफ्ना माग तथा सुझावहरूलाई बेवास्ता गरिए संयुक्त सरकारमा निरन्तर सहभागी रहन नसकिने स्पष्ट संकेत दिएको छ।

सत्ता गठबन्धनकै प्रमुख साझेदार दलबाट बजेटप्रति असन्तुष्टि सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश सरकारमाथि राजनीतिक दबाब बढ्ने देखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार