बेलायतको सत्ताधारी दल लेबर पार्टीबाट प्रधानमन्त्री भएका केइर स्टार्मरले राजीनामा दिएका छन् । विगत केही हप्ताबाट उनलाई सत्ता हस्तान्तरण गर्न आफ्नै दलका सांसदहरूले दबाब बढाइरहेका थिए ।
बेलायती राजा चाल्र्ससँगको कुराकानीपछि स्टार्मरले राजीनामा दिएका हुन् । उनले एक भावुक सम्बोधन गरेर आफ्नी पत्नीको तारिफ गरे भने आफू प्रधानमन्त्री भएको जीवनकै सबैभन्दा गर्विलो क्षण भएको बताए ।
प्रधानमन्त्रीसँगै संसदीय दलको नेताबाट पनि उनले राजीनामा दिएका छन् । शान्तिपूर्ण र विधिसम्मत सत्ता हस्तान्तरण गर्न आफू तयार भएको स्टार्मरले बताएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।




प्रतिक्रिया दिनुहोस्