काठमाडौं : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समसामयिक बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधनको तयारी भइरहेको बताएका हुन् ।
उनले फ्री भ्रिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरु थप मारमा परेकाले यसलाई परिवर्तन गर्न कार्यदल गठन गरेर अध्ययन भइरहेको जानकारी दिए । उनले अहिले ३० लाख भन्दा बढि नेपाली नागरिक श्रमिकका रुपमा बिभिन्न देशमा रहेकाले वैदेशिक रोजगार क्षेत्रलाई बैज्ञानिक रुपमा नै व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
मन्त्री यादवले श्रम स्वीकृति बिना हजारौ घरेलु कामदारहरु बिभिन्न देशमा कार्यरत रहेको बताए । उनले उनीहरुलाई अप्ठेरो पर्दा औपचारिक रुपमा समाधान गर्न अप्ठेरो भएको देखिएकाले यसमा पनि मन्त्रालयले बिशेष ध्यान दिइरहेको जानकारी दिए । उनले कुवेतमा मात्र करिब ६० हजार घरेलु श्रमिक श्रम स्वीकृति बिना कार्यरत रहेको अवस्था रहेको उल्लेख गरे ।




प्रतिक्रिया दिनुहोस्