बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, उपचारका लागि नेपालगञ्ज रिफर

बाजुरा — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ वाइमा धारिलो हतियार प्रहारबाट एक महिला घाइते भएकी छन्।

आइतबार राति करिब १:३० बजे ३६ वर्षीया ठुमरा विष्ट आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिले भान्सा कोठामा बोलाई घाँटीको बायाँ भागमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घटनापछि घाइतेलाई प्रहरीको सहयोगमा उद्धार गरी कोल्टी आधारभूत अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज, बाँके रिफर गरिएको छ। चिकित्सकका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ।

घटनाका बेला घाइतेसँग उनका बुवा समुन्द्र बुढा पनि रहेको प्रहरीले जनाएको छ। आक्रमणकारीको पहिचान खुल्न सकेको छैन भने खोजतलास तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार