परराष्ट्रमन्त्री खनालले भारतमा दिएको अभिव्यक्तिको एमालेले संसदमा माग्यो जवाफ

विपक्षी दल नेकपा (एमाले)ले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको अभिव्यक्तिको जवाफ माग गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले परराष्ट्रमन्त्री खनालले ‘अतितको बोझ बोक्न सक्दैनौँ’ भनि दिएको अभिव्यक्तिको जवाफ माग गरिन् ।

‘परराष्ट्रमन्त्रीले भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग बस्दा इतिहासको बोझ बोक्न नसक्ने बताउनुभएको कुरा आएको छ,’ अर्यालले भनिन्, ‘पारि बाघ कराएको यता बाख्रो हराएको जस्तो भएको छ । अतितको बोझ बोक्न सक्दैनौँ भनेर के विषय भन्न चाहनुभएको हो, त्यसको जवाफ माग्न चाहन्छौँ ।’

अर्यालले ‘कालापानी लिपुलेकलगायतका जमिनबारे नेपालको दाबीलाई बोक्न सक्दैनौँ भनेर परराष्ट्रमन्त्रीले भन्न खोज्नुभएको हो’ भन्ने प्रश्न पनि गरेकी छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार