सुस्तामा सीमा विवाद समाधानका लागि सर्वपक्षीय छलफल

रूपन्देही । पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा हतियारधारी भारतीय सुरक्षाकर्मी प्रवेश गरेको घटनापछिको परिस्थिति र समाधानको उपाय खोजीका लागि सुस्तामा सर्वपक्षीय छलफल गरिएको छ ।

स्थानीय तह, प्रशासन, सुस्ताबासी र संघीय सांसदबीच छलफल आयोजना गरिएको हो । त्यहाँको वस्तुस्थिति बुझ्न नवलपरासी पश्चिमका रास्वपा सांसद विक्रम खनाल पुगेका छन् ।

खनालले सुस्ताको पछिल्लो अवस्था र सीमा क्षेत्रको समस्याबारे प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराई कूटनीतिक माध्यमबाट समाधान खोज्ने आश्वासन दिए ।

पछिल्लो समय बाक्लोरूपमा एसएसबी नेपाली भूमिमा प्रवेश गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार भारतीय सुरक्षाकर्मीले नयाँ स्थानबाट नेपाली भूमिमा प्रवेश गर्ने र पछि ती क्षेत्रलाई आफूहरूले पहिलेदेखि प्रयोग गर्दै आएको दाबी गर्ने गरेका छन् । यस्ता गतिविधिका कारण सीमा क्षेत्रमा पटक-पटक विवाद उत्पन्न हुने गरेको छ ।

सांसद खनालले नेपाल र भारतका सुरक्षाकर्मीबीच हुने आधिकारिक संयुक्त गस्तीबाहेक अन्य कुनै पनि बहानामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गर्न नहुने बताए। उनले सीमा क्षेत्रमा यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्नेमा जोड दिए ।

स्थानीयले भारतीय पक्षबाट पटक-पटक हुने सीमा अतिक्रमण प्रयासप्रति सरकार गम्भीर बन्नुपर्ने माग गरेका छन् । उनीहरूले सुस्ताको सीमा विवादको दीर्घकालीन तथा स्थायी समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।

नारायणी नदीको धार परिवर्तनसँगै वर्षौंदेखि विवादमा रहेको सुस्ता क्षेत्र पुनः चर्चामा आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार