कैलाली घटना : टेम्पो भिरबाट खसाल्ने वनका कर्मचारी र पीडितबिच छलफल गराउने तयारी

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक बन क्षेत्रको राजमार्गबाट टेम्पो भिरबाट खसाल्ने बनका कर्मचारी र पीडितको बिचमा प्रहरीले छलफल गराउने भएको छ । 

भिमदत्त राजमार्ग सड्क खण्ड स्थित गाइमारेबाट शनिवार टेम्पोमा व्यापार गरेको आरोपमा बनका कर्मचारीले स्थानीयको टेम्पो भिरबाट धकेलेर खसाएका थिए । टेम्पो खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

आइतबार साँझ प्रहरीले डिभिजन बन कार्यालय र सव डिभिजन बन कार्यालयका १२ जना कर्मचारीलाई पक्राउ गरेर हिरासतमा राखेको छ । पक्राउ पर्नेमा दुईजना बन अधिकृत र बन रक्षकहरू छन् । 

बनका कर्मचारी र पीडितहरुको बिचमा पहिलो चरणमा छलफल गराइने कैलालीका एसपी नरेन्द्र चन्दले रातोपाटीलाई बताए । उनले भने, ‘पहिलो चरणमा छलफल गराउँछौँ, सहमति नभएमा जाहेरी लिएर अनुसन्धान अघि बढ्छ ।’ 

पक्राउ परेकाहरूसँग प्रहरीले घटनाबारे सोधपुछ गरिरहेको छ । पक्राउ परेका कर्मचारीहरूको नाम प्रहरीले सार्वजनिक गरेका छैन । टेम्पोलाई टहरोको रूपमा प्रयोग गरेर बन क्षेत्र अतिक्रमण गरेर व्यापार गरेको बन कार्यालयको आरोप छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार