आज सुदूरपश्चिम सरकारले बजेट ल्याउँदै

धनगढी, १ — सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट आज प्रदेश सभामा प्रस्तुत गर्दैछ। चालु आर्थिक वर्षको तुलनामा आगामी बजेटको आकार बढ्ने संकेत गरिएको छ।

गत आर्थिक वर्षका लागि प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको थियो। यसपटक भने विकास निर्माणका कार्यक्रमलाई थप प्राथमिकता दिँदै बजेटको दायरा विस्तार गर्ने तयारी गरिएको जनाइएको छ।

अपराह्न बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामी ले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बजेट घोषणाअघि मन्त्रालयहरूमा अन्तिम तयारी पूरा गरिएको बताइएको छ।

मन्त्रिपरिषद् पुनर्गठनपछि आर्थिक मामिला मन्त्रालयसहित तीन मन्त्रालयमा नयाँ नेतृत्व आएको थियो। नयाँ जिम्मेवारी सम्हालेपछि मन्त्री धामीले बजेटका केही कार्यक्रम र प्राथमिकतामाथि पुनरावलोकन गरेका थिए।

आज सार्वजनिक हुने बजेटले प्रदेशको आर्थिक नीति, राजस्व परिचालन, पूर्वाधार विकास तथा सेवा प्रवाह सुधारका कार्यक्रमलाई समेट्ने अपेक्षा गरिएको छ। साथै, बजेटमार्फत आगामी वर्षका विकास लक्ष्य र लगानीका प्राथमिकता पनि सार्वजनिक हुनेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार