अधिवेशनका नाममा रास्वपाको चन्दा आतङ्क

धनगढीः कञ्चनपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश तथा केन्द्रीय अधिवेशनका लागि आर्थिक सहयोग माग्दै पठाएको एक पत्र सार्वजनिक भएको छ।

कञ्चनपुरस्थित जलजला कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशकलाई सम्बोधन गरी पठाइएको पत्रमा ३० हजार रुपैयाँ सहयोग माग गरिएको देखिन्छ। उक्त पत्रमा रास्वपा कृष्णपुर नगरपालिका–१ वडा समितिका अध्यक्ष सुरेन्द्र बोहराको हस्ताक्षर रहेको छ।

पत्रमा निर्माण कम्पनीले विगतदेखि वडास्तरमा काम गर्दै आएको तथा स्थानीय विकासमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी सुदूरपश्चिम प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि आर्थिक सहयोग आवश्यक रहेको जनाइएको छ।

प्रदेश अधिवेशन असार १ गतेदेखि तथा केन्द्रीय महाधिवेशन असार ७, ८ र ९ गते हुने कार्यक्रम रहेको पत्रमा उल्लेख छ।

यस विषयमा रास्वपा कृष्णपुर नगर समितिका सभापति लक्ष्मण महरा र वडा सभापति कृष्ण बोहरासँग सम्पर्क गर्न खोज्दा प्रतिक्रिया लिन सकिएको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार