चैतन्य पाठशालामा बृहत् रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धनगढी — सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै चैतन्य पाठशालाले बृहत् रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।

“मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनासहित आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत १४ जनाले रक्तदान गरेका छन्। अस्पतालहरूमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै संकलित रगतले बिरामीहरूको जीवन बचाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान समेत गरिएको विद्यालयले जनाएको छ।

त्यसैगरी आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६० भन्दा बढी व्यक्तिले स्वास्थ्य परीक्षण सेवा लिएका थिए। शिविरमा सामान्य स्वास्थ्य जाँच, परामर्श तथा आवश्यक सुझाव प्रदान गरिएको थियो।

विद्यालय नर्स गायत्री उपाध्यायका अनुसार धेरै सहभागीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी पाएका छन्।

विद्यालयका प्राचार्य प्रेमनिधि ओझाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक सेवासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमले समाजमा सहयोग, सहकार्य र मानवताको भावना अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार