पार्टी घोषणा तयारीमा जुटेका धवल शम्शेर र दुर्गा प्रसाईं (तस्बिरहरू)

धवल शम्शेर राणा र दुर्गा प्रसाईं लगायतले नयाँ पार्टी खोल्ने तयारी गरेका छन्।

जेठ १७ गते राप्रपा महामन्त्रीबाट राणाले राजीनामा दिएका थिए भने प्रसाईंले पनि आफूले चलाउँदै आएको अभियान बिसर्जन गर्दै मिलेर नयाँ पार्टी बनाउने बताएका थिए।

गत जेठ २२ गते राणा र दुर्गा प्रसाईंबीच नयाँ पार्टी खोल्ने सहमति भएको थियो।

उक्त सहमतिसँगै प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरेका थिए।

धवल र प्रसाईंले आज जमलमा कार्यक्रम गरेर प्रस्तावित राष्ट्रवादी पार्टीका विषयमा केही जानकारी गराएका छन्।

पार्टी घोषणा कार्यक्रम भने मलमासका कारण प्रभावित बनेको छ। मलमास सकिएलगत्तै पार्टी घोषणाको तयारीमा धवल र प्रसाईं छन्।

उनीहरूले संवैधानिक राजतन्त्र विचार र सनातन धर्मलाई समेटेर पार्टी बनाउन लागेका हुन्।

तस्बिरहरू

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार