अमरेशको सरकारलाई चुनौतीः डरले शासन चल्ला, देश विकास हुँदैन

काठमाण्डु– काँग्रेस सांसद् अमरेशकुमार सिंहले सरकारले व्यवसायिक वातावरण बनाउनुको साटो डर फैलाएको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सिंहले डरले शासन चले पनि मुलुकको विकास सम्भव नहुने बताए ।

डरका कारण बैंकमा पैसा थुप्रिएको भए पनि व्यापार गर्न सकैले ऋण लिने अवस्था नरहेको उनको भनाइ थियो ।

‘विद्वान मित्र अर्थमन्त्रीलाई पुरानो सांसदको नाताले एउटा प्रश्न सोध्न चाहन्छु, यो बजेटबाट नेपालका कति प्रतिशत जनसंख्या खुसी छ ? बैंकमा निक्षेप जम्मा भएको छ । कसैले ऋण लिने अवस्था छैन’, सिंहले भने, ‘ किनकी यहाँ आजको दिन व्यापार गर्ने वातावरण छैन, डरको माहोल छ । डरले शासन चल्ला, तर, डरले देश विकास हुँदैन ।’

जेनजी आन्दोलन युवाहरुको विद्रोह भएको भन्दै उनले युवलाई रोजगारी दिने कार्यक्रम बजेटमा नआएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार