कैलाली रास्वापा अधिवेशन बारे विष्ट गरे आरोप खण्डन , हारपछिको उजुरी ‘पुरानो मानसिकता’

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशसभा अध्यक्ष इन्जिनियर प्रकाश विष्टले कैलाली जिल्ला अधिवेशनको क्रममा आफूमाथि लागेको गुटबन्दी र पदीय दुरुपयोगको आरोप खण्डन गरे। उनले निर्वाचन लोकतान्त्रिक पद्धतिद्वारा निष्पक्ष रूपमा सम्पन्न भइसकेको दाबी गर्दै चुनाव हार निश्चित भएपछि असन्तुष्ट पक्षले भ्रम फैलाएको बतायो।

विशेष कुराकानीमा विष्टले मत परिणामले नै धेरै कुरा प्रष्ट पारिसकेको उल्लेख गरे र जनताका अभिमत तथा कार्यकर्ताको रोजाइ यसले देखाएको बताए। विजयी उम्मेदवारहरूले क्रमशः २६७ र २३५ मत पाएको र असन्तुष्ट पक्षका उम्मेदवारहरूले मात्र ३७ र २२ मत पाएको पनि उनले जानकारी दिए। “जनता र कार्यकर्ताले कसलाई पत्याए र कसलाई चाहे भन्ने कुरा यो परिणामले प्रष्ट पारिसकेको छ,” उनले भने।

अधिवेशनको क्रममा केहीले असन्तोष देखाएर हल छाडेको विषयमा विष्टले सबै प्रक्रिया सहमतिमा अगाडि बढेको स्पष्ट पारे। १३ वटै पालिका सभापतिहरूको सहमति र हस्ताक्षर भइसकेको, मतपत्र छापिएर मतदान तयारी पूरा भइसकेको अवस्थामा केही व्यक्तिहरूले एकाएक प्रक्रिया छाडेर गएकोले कुनै औचित्य नहुने उनको तर्क थियो। राति ढिला भए पनि पूर्वसहमति अनुसारै सोही दिन निर्वाचन सम्पन्न गरिएको उनले बताए।

केन्द्रीय निर्वाचन समितिमा परिएको उजुरीबारे विष्टले यसलाई “हारपछिको स्वभाविक प्रतिक्रिया” भने र निर्वाचनमा पराजय भोगेपछि केन्द्रमा निवेदन हाल्ने परिपाटी पुराना राजनीतिक दलहरूको जस्तै मानसिकता भएको बताए।

उनी जोसँग प्रतिस्पर्धा गरे सबै उम्मेदवार समान रहेको र नेतृत्व चयन गर्ने अधिकार पार्टीका प्रतिनिधि तथा कार्यकर्ताको भएकाले आफूले केवल सहजकर्ताको भूमिका मात्र निभाएको समेत विष्टले स्पष्ट पारे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार