धनगढी । कैलालीका धनगढी र लम्कीचुहामा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–९ स्थित त्रिवेणीघाट नजिक मोहना नदी किनारमा एक पुरुषको शव आइतबार साँझ फेला परेको हो। मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन।
यस्तै, लम्कीचुहा नगरपालिका–३ बल्चौर क्षेत्रमा रहेको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा करिब ४० देखि ४५ वर्ष उमेर समूहका जस्तो देखिने एक पुरुष मृत अवस्थामा भेटिएका छन्। उनको पनि नाम, थर र ठेगाना खुलेको छैन।
दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ। मृतकहरूको पहिचान तथा मृत्युको कारण खुलाउन सम्बन्धित निकायले थप खोजी कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ




प्रतिक्रिया दिनुहोस्