बझाङमा एक घरमा आगलागी

बझाङ – बझाङको जयपृथ्वी नगरपालिकामा आगलागीको घटनामा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

जिल्लाको जयपृथ्वी नगरपालिका–४ भिडमुनी निवासी ४५ वर्षीय विष्णुबहादुर खड्काको घरमा बिहीबार दिउँसो आगो लागेको प्रहरीले जनाएको छ। आगलागीबाट घरमा रहेको सम्पूर्ण संरचना क्षतिग्रस्त भएको बताइएको छ।

स्थानीयवासीको सक्रियतामा आगो थप फैलिन नदिई नियन्त्रणमा लिइएको थियो। घटनापछि प्रहरीले आगलागीको कारण र क्षतिको विवरणबारे अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार