अछामः अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ भानाकोट क्षेत्रबाट दैलेखको जैखोलातर्फ जाने झोलुङ्गे पुल नजिक कर्णाली नदीको किनारमा बुधबार एक पुरुषको शव भेटिएको हो।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का लगायतका प्रारम्भिक प्रक्रिया पूरा गरी घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। शव फेला परेको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।





प्रतिक्रिया दिनुहोस्