बैतडीः बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका–८ मिरराड भिर धौनाली क्षेत्रमा बिहीबार साँझ एक पुरुषको शव भेटिएको हो।
मृतकको नामथर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।





प्रतिक्रिया दिनुहोस्