धनगढी — गोदावरीमा अटोको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–१ बनखेत क्षेत्रमा बिहीबार बेलुकी पूर्वबाट अत्तरियातर्फ जाँदै गरेको भि.न.पा. ००–१ ह ०८७० नम्बरको अटोले पैदल हिँडिरहेकी स्थानीय ६० वर्षीया पशुपति नेपालीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी नेपालीलाई उपचारका लागि निसर्ग अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले जाँचपछि उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले अटो चालक गोदावरी नगरपालिका–११ ओलानी निवासी ५५ वर्षीय प्रेम परियारलाई नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।





प्रतिक्रिया दिनुहोस्