धनगढी – धनगढीस्थित नेपाली नुरी जामे मस्जिद का अध्यक्ष मेराज आलम अन्सारी ले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायसहित सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष अन्सारीले बकर ईदले त्याग, समर्पण, मानवता र आपसी सद्भावको सन्देश दिने उल्लेख गर्दै नेपाल विविध धर्म, संस्कार र संस्कृतिको साझा फूलबारी भएको बताएका छन्। उनले मन्दिरको शंखनाद, मस्जिदको अजान र गुम्बाको मन्त्र एउटै आकाशमुनि सहअस्तित्वको प्रतीक बनेर गुञ्जिरहेको उल्लेख गर्दै धार्मिक सहिष्णुता र सामाजिक एकताले नै नेपाललाई सुन्दर बनाएको बताएका छन्।
“आज इस्लाम समुदायको महान पर्व बकर ईद । यस पर्वको अवसरमा सबैमा प्रेम, सद्भाव, एकता र मानवता अभिवृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु,” शुभकामना सन्देशमा उल्लेख छ।
उनले बकर ईदले आपसी भाइचारा, सहयोग र मानव सेवाको भावना अझ बलियो बनाओस् भन्ने कामना गर्दै सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा “ईद मुबारक” व्यक्त गरेका छन्। बकर ईदलाई मुस्लिम समुदायले त्याग, विश्वास र मानव सेवाको पर्वका रूपमा मनाउने गर्दछन्।





प्रतिक्रिया दिनुहोस्