सभामुखले रुलिङ गर्दिन भनेपछि झोला बोकेर हिँडे हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आज पनि संसद बहिष्कार गरेर हिँडेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसद वैठकमा बोलाउन रुलिङ गर्न अस्वीकार गरेपछि साम्पाङ आफ्नो कालो झोला भिरेर वैठकबाट बाहिरिए ।

साम्पाङले आज पनि वैठक सुरु हुनासाथ प्रधानमन्त्रीलाई जवाफदेही बनाउनुपर्ने भन्दै पर्चा देखाएका थिए । उनले सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका थिए ।

जवाफमा सभामुख अर्यालले सभामुखले के विषयमा रुलिङ गर्ने र नगर्ने भनेर सिकाउनु नपर्ने टर्रो जवाफ दिए । त्यसपछि साम्पाङ रुष्ट भएर हिँडेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार