श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले सभामुखसमक्ष प्रधामनमन्त्रीलाई ल्याउने र आफूलाई सदनबाट निकाल्ने विकल्पमा जान सुझाएका छन् ।
बुधबार संसद सुरु हुनेबित्तिकै राईले संसदमा प्रधानमन्त्रीलाई ल्याउने सभामुखले भूमिका नलेखेको भन्दै यस्तो आग्रह गरेका हुन् ।
‘संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन । नियम १५ को २ को अनुसार सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ को १ लागू गरेर मलाई निष्कासन गरेर सदनको गरिमा बढाइदिनुहुन अनुरोध गर्दछु,’ उनले भने, ‘दुईमध्ये एक लागू गरिदिनुस् । प्रधानमन्त्री ल्याउने वा मलाई निकाल्दिने गर्नुस् । नत्र संसदको गरिमा कायम हुँदैन ।’





प्रतिक्रिया दिनुहोस्