कर बक्यौता विवादमा माया मेट्रो हस्पिटलले कर भुक्तानी गरिसकेको दाबी

धनगढीस्थित माया मेट्रो हस्पिटलले आफूले तिर्नुपर्ने कर रकम पहिल्यै बुझाइसकेको दाबी गरेको छ। गोरखापत्र दैनिकमा मंगलबार प्रकाशित कर बक्यौता नतिर्ने ५३ व्यापारिक फर्मको सूचीमा हस्पिटलको नाम समावेश भएपछि हस्पिटलले आफ्नो धारणा सार्वजनिक गरेको हो।

हस्पिटलका अनुसार आर्थिक वर्ष २०८१/८२ अन्तर्गतको दुई करोड ५९ लाख रुपैयाँ कर भुक्तानी गरिसकिएको छ। साथै, बक्यौता सूचीबाट नाम हटाइदिन भन्दै २५ चैत २०८२ मै आन्तरिक राजश्व कार्यालयलाई पत्र पठाइएको जनाएको छ।

तर सार्वजनिक गरिएको सूचीमा भने माया मेट्रो हस्पिटललाई कर बक्यौता नतिर्ने संस्थाको रूपमा उल्लेख गरिएको छ। यसबारे आन्तरिक राजश्व कार्यालयले पनि हस्पिटलले कर तिरेको जानकारीसहित चैत महिनामै पत्र दिएको पुष्टि गरेको छ।

राजश्व कार्यालयका अनुसार हस्पिटलले कारोबारसम्बन्धी विवरण अद्यावधिक नगर्दा कर विवरण र कारोबारबीच मिलान हुन सकेको छैन। यही कारण आयकर बक्यौताको वास्तविक अवस्था स्पष्ट हुन नसकेको कार्यालयले जनाएको छ।

कार्यालयले आवश्यक कागजात तथा विवरण अद्यावधिक भएपछि मात्रै हस्पिटलले थप कर तिर्न बाँकी छ वा छैन भन्ने विषय स्पष्ट हुने बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार