कांग्रेस नेता चन्द्र बिक कसरी बने रास्वपा सदस्य? मुख्यमन्त्रीको सचिवालयमा खैलाबैला !

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयका एक कर्मचारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएको चर्चासँगै विवादमा तानिएका छन्। सचिवालयमा प्रशासन सहायकका रूपमा कार्यरत चन्द्र बिक लम्कीचुहा नगरपालिका-१ बाट रास्वपाको सदस्य बनेको विवरण बाहिरिएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको हो।

नेपाली कांग्रेस निकट दलित संघका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका बिकले भने यसलाई ‘प्राविधिक त्रुटि’ को संज्ञा दिँदै आफ्नो राजनीतिक निष्ठामाथि शंका नगर्न आग्रह गरेका छन्।

पारिवारिक सम्बन्ध र एपको ‘भोट’ ले निम्त्याएको भ्रम

सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्टीकरण दिँदै बिकले आफूले रास्वपाको औपचारिक सदस्यता कहिल्यै नलिएको दाबी गरे। उनका अनुसार २०७९ सालको आम निर्वाचनका बेला उनकी श्रीमतीकी दिदी रूपा शंकर (जो रास्वपाकी केन्द्रीय सदस्य हुन्) काभ्रेबाट समानुपातिक उम्मेदवार बनेकी थिइन्।

त्यसबेला रास्वपाले आन्तरिक प्रणालीमा सबैभन्दा बढी मत पाउनेलाई सांसद बनाउने नीति लिएको थियो। आफन्तलाई सघाउने उद्देश्यले उनले रास्वपाको मोबाइल एप डाउनलोड गरी भोट हालेका थिए। “भोट हाल्ने क्रममा मागिएको मोबाइल र नागरिकता नम्बरका आधारमा रास्वपाको सिस्टमले स्वतः सदस्यताको सूचीमा राखेको रहेछ,” बिकले भनेका छन्, “यो नितान्त प्राविधिक र प्रक्रियागत भूल हो, कुनै राजनीतिक स्वार्थका लागि लिइएको सदस्यता होइन।”

मुख्यमन्त्रीलाई दुई महिनाअघि नै जानकारी

बिकले आफू वैचारिक रूपमा अविचलित रहेको दाबी गर्दै रास्वपाको कुनै पनि राजनीतिक गतिविधि, बैठक वा कार्यक्रममा आफ्नो संलग्नता देखाउन चुनौती समेत दिएका छन्। सचिवालयमा आफ्नो पदलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यो प्राविधिक समस्याबारे करिब दुई महिना अगाडि नै मुख्यमन्त्री कमलबहादुर शाहलाई जानकारी गराइसकेको उल्लेख गरे।

तथ्यहरूलाई बंग्याएर भ्रम फैलाउने काम भइरहेको भन्दै उनले आफू लाभ वा अवसरका लागि पार्टी बदल्ने चरित्रको नभएको र आफ्नो राजनीतिक प्रतिबद्धता हिजो जस्तै आज पनि नेपाली कांग्रेसमै दृढ रहेको स्पष्ट पारेका छन्।

यस्ताे छ बिककाे स्पष्टीकरण

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार