कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–६ खरुवाखेडा क्षेत्रस्थित सितल सामुदायिक वन नजिकको खेतबारीमा स्थानीय ४० वर्षीय खडक बोहराको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बोहरा सोमबार दिउँसो मृत अवस्थामा भेटिएका हुन्। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।




प्रतिक्रिया दिनुहोस्