न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्‍यो : रास्वपा सांसद

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले न्यायाधीशहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा न्यौपानेले न्यायाधीशहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।


‘न्यायाधीशका सम्पत्ति गोप्य राखिनेछ भन्ने नियमावलीमा भएकाले पारदर्शिता छैन,’ सांसद न्यौपानेले भने, ‘अविलम्ब न्यायाधीशको सम्पत्ति वेबसाइटमा रहने व्यवस्था गर्नपर्‍यो ।’ न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्‍यो । ‘स्थानीय अदालतको व्यवस्था छ । तर, यसका निमित्त कानुन बनाएनौं । स्थानीय अदालत गठन गरेर, जिल्ला अदालतको क्षेत्राधिकार बढाएर सर्वोच्च अदालतको चाप घटाऔं,’ उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार