गंगादशहराको अवसरमा धनगढीमा सार्वजनिक बिदा

भक्तराज जोशी

धनगढी । धनगढी उपमहानगरपालिकाले गंगादशहरा पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले आइतबार सूचना जारी गर्दै हरेक वर्ष मनाइने गंगादशहरा पर्वको अवसरमा यस वर्ष जेठ १२ गते मंगलबार सार्वजनिक बिदा रहने जनाएको हो ।

धनगढी उपमहानगरपालिका-१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा विशेष रूपमा मनाइने गंगादशहरा पर्वलाई धार्मिक तथा ऐतिहासिक महत्वका रूपमा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

उपमहानगरपालिकाका अनुसार उक्त पर्व नेपाल तथा भारतका हजारौँ श्रद्धालुभक्तजनले विशेष आस्था र श्रद्धाका साथ मनाउने गर्दछन् । साथै बेहडाबाबा क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत राखिएको जनाइएको छ ।

सूचनाअनुसार धनगढी उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा संघसंस्थामा उक्त दिन सार्वजनिक बिदा लागू हुनेछ ।

यो सूचना प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टद्वारा जारी गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार