धनगढी । नवजीवन सहकारी संस्थाको निर्वाचनमा पहिलो प्रयासमै संस्थाभित्र प्रवेश गर्न सफल भएका स्वतन्त्र उम्मेदवार केशवराज जोशीलाई शेयर सदस्यहरूले सबैभन्दा बढी विश्वास व्यक्त गरेका छन् । कार्य समिति सदस्य पदमा उम्मेदवारी दिएका जोशीले सर्वाधिक पाँच हजार १४३ मत प्राप्त गर्दै प्रभावशाली जित हासिल गरेका हुन् ।
यस निर्वाचनमा अध्यक्षसहित विभिन्न प्यानलबीच कडा प्रतिस्पर्धा भएपनि कार्य समिति सदस्यतर्फ भने स्वतन्त्र उम्मेदवारको बलियो उपस्थिती देखिएको छ । जोशीसँगै अर्का स्वतन्त्र उम्मेदवार खेमराज पाण्डेय पनि विजयी भएका छन् ।
मतपरिणामअनुसार पाठक प्यानलकी कोपिला कुँवरले चार हजार ११२, गणेश बमले तीन हजार ४२६, जयराज जोशीले तीन हजार २८० र लक्ष्मीराज पन्तले तीन हजार २७६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार पाण्डेयले तीन हजार १३२ मत ल्याउँदा शाह प्यानलका दिर्घबहादुर शाहले तीन हजार ११८ मत पाएका छन् ।
संस्थाको अध्यक्षमा भने गोपालराज पाठक विजयी भएका छन् ।




प्रतिक्रिया दिनुहोस्