धनगढीमा फर्निचर व्यवसायीहरूको नयाँ नेतृत्व चयन, कमल पाण्डे अध्यक्षमा निर्वाचित

भक्तराज जोशी

धनगढी । कैलाली फर्नीचर तथा फर्निसिङ्ग ब्यवसायी संघ कैलालीको चौथो बार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन (२०८३/२/९) गते भब्यताका साथ सुसम्पन्न भएको छ । अधिवेशनबाट सर्वसहमतिका साथ कमल पाण्डे ज्यूको अध्यक्षतामा नयाँ कार्य समितको चयन भयको छ ,
संघको उपाध्यक्षमा केशव सिंह र पुर्ण के.सी, सचिवमा चेत राज फुलारा, सह–सचिवमा थानेश्वर जोशी तथा कोषाध्यक्षमा ज्ञानेन्द्र आचार्य निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा पासाङ डिक्कि शेर्पा, महेश भट्ट, नयन खड्का , कृष्ण कडायत, प्रेम चौधरी, रमेश बिष्ट र प्रकाश बहादुर सिंह चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष कमल पाण्डेले व्यवसायीहरूको हकहित संरक्षण, फर्निचर व्यवसायको प्रवर्द्धन तथा उद्योगलाई थप व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले संघलाई व्यवसायीहरूको साझा संस्थाका रूपमा अझ सशक्त बनाउँदै व्यवसायीबीच एकता र सहकार्यलाई मजबुत बनाइने बताए ।
कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष युवराज पौडेल ,वरिष्ठ उपाध्यक्ष ओम बस्नेत, उद्योग वाणिज्यसंघ कैलालीका अध्यक्ष पुष्कर ओझा ,कैलाली हार्डवेयर व्यवसायई सघका अध्यक्ष कुबेर शाही लगायतले व्यवसाय क्षेत्रमा देखिएका चुनौती, अवसर तथा उद्योग प्रवर्द्धनका विषयमा धारणा राखेका थिए ।
धनगढीस्थित शुभश्री प्यालेसमा सम्पन्न कार्यक्रममा व्यवसाय क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार