कैलाली-५ मा बढ्दो विद्युत अवरोधप्रति सांसद आनन्द बहादुर चन्दको ध्यानाकर्षण

कैलाली-कैलाली-५ क्षेत्रमा पछिल्लो समय बढ्दै गएको विद्युत अवरोध र अत्यधिक गर्मीका कारण जनताले भोग्नुपरेका समस्याबारे सांसद आनन्द बहादुर चन्दले गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले यस विषयमा निरन्तर जनताबाट गुनासो आइरहेको उल्लेख गर्दै समस्या समाधानका लागि आफू सक्रिय रूपमा पहल गरिरहेको बताएका छन्।

सांसद चन्दका अनुसार गत वैशाख २७ गते नै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीसमक्ष धनगढी वितरण केन्द्रअन्तर्गत देखिएका विद्युत पूर्वाधारका कमजोरीबारे जानकारी गराइएको थियो। उनले अपर्याप्त सबस्टेसन, ओभरलोड भएका ट्रान्सफर्मर, कमजोर विद्युत लाइन तथा तीव्र रूपमा बढिरहेको विद्युत मागका कारण समस्या जटिल बन्दै गएको बताएका छन्।

धनगढी तथा आसपासका क्षेत्रमा तीव्र बसाइँसराइका कारण विद्युत खपत बढ्दै गए पनि आवश्यक पूर्वाधार विस्तार समयमै हुन नसक्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको उनले जनाएका छन्। विशेषगरी गर्मीको समयमा पटक–पटक हुने विद्युत कटौतीले स्वास्थ्य, शिक्षा, व्यवसाय तथा दैनिक जनजीवनमा गम्भीर असर परेको उनको भनाइ छ।

समस्या समाधानका लागि सांसद चन्दले नयाँ सबस्टेसन निर्माण, ट्रान्सफर्मर थप तथा स्तरोन्नति, विद्युत लाइन विस्तार, आवश्यक उपकरण आपूर्ति तथा पर्याप्त बजेट व्यवस्थाको माग गर्दै दीर्घकालीन समाधानका लागि तत्काल पहल गर्न सरकारसमक्ष आग्रह गरेका छन्।

उनले नागरिकको आधारभूत अधिकारसँग जोडिएको गुणस्तरीय विद्युत सेवा सुनिश्चित गर्न आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार