धनगढी – धनगढीमा नवजीवन सहकारी संस्था लिमिटेडको चुनाव नजिकिँदै गर्दा राजनीतिक सरगर्मी झनै बढेको छ। यसैबीच, व्यवस्थापन र अनुभवको बलियो दाबी गर्दै कोपिला कुंवर सञ्चालक समिति सदस्य पदका लागि उम्मेदवारी सहित मैदानमा उत्रिएकी छन्।
विगतदेखि व्यवसायिक क्षेत्रमा सक्रिय कुंवरले आफ्नो अनुभव, नेतृत्व क्षमता र नयाँ सोचमार्फत संस्थालाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएकी छन्। कैलाली उद्योग वाणिज्य संघमा सक्रिय भूमिका, धनगढी होलसेल व्यवसाय संघको कोषाध्यक्ष र धनगढी लेडीज जेसिजको उपाध्यक्षको अनुभवले उनलाई बलियो उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ।
उता, सहकारीभित्र ८ वर्षदेखि निरन्तर योगदान दिँदै आएका समूहले पनि कुंवरलाई समर्थन जनाउँदै उनको जित सुनिश्चित गर्न अपिल गरेका छन्। “अबको सहकारी, डिजिटल र पारदर्शी बनाउने समय आएको छ,” भन्ने नारासहित उनी चुनावी अभियानमा होमिएकी छन्।
चुनावी मैदानमा प्रतिस्पर्धा कडा हुने संकेत देखिए पनि कुंवर समर्थकहरू भने “क्रम संख्या २” मा मतदान गरेर उनलाई अत्यधिक मतले विजयी गराउने दाबी गरिरहेका छन्।




प्रतिक्रिया दिनुहोस्