प्रधानमन्त्री संसद्‌मा नआएपछि विपक्षीहरूद्वारा वेल घेराउ

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही अघि बढाएपछि विपक्षी वेलमा पुगेका हुन् । उनीहरूले नाराबाजी गरिरहेका छन् ।

यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा जवाफ दिनुपर्ने भन्दै विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

बैठक स्थगित गरेपछि अर्याल प्रधानमन्त्री शाहलाई भेट्न पुगेका थिए ।

सभामुख अर्यालले प्रधानमन्त्री शाह उपयुक्त समयमा संसद्‌मा उपस्थित हुने जानकारी गराएका थिए । उनले बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री उपयुक्त समयमा आउने कुरा भएको जानकारी गराएका हुन् ।

विपक्षीले सदन अवरोध गरेपछि बिहीबार नै उनले प्रधानमन्त्रीसँग भेट गरेपछि कार्यव्यवस्था परामर्श समिति बैठक राखेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार