क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभाव भएको भन्दै संसद चलिरहेका बेला अस्पतालबाट फोन

काठमाडौं – प्रतिनिधिसभाको बैठक चलिरहँदा भक्तपुर क्यान्सर अस्पतालबाट औषधि अभावबारे सांसदलाई फोन आएको छ ।

नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालका अनुसार संसद् बैठककै क्रममा क्यान्सर उपचारमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ औषधिको अभावबारे जानकारी गराइएको हो ।

बिहीबार प्रतिनिधिसभाको बैठक चलिरहेका बेला सांसद अवाल उठेर सभामुखसँग समय मागेकी थिइन् । समय पाएपछि उनले संसद्मा औषधि अभावको विषय उठाएकी हुन् ।

उनले भनिन्, ‘भर्खरै मलाई यहाँ बसिरहेका बेला भक्तपुर क्यान्सर अस्पतालबाट फोन आयो । क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन औषधि अस्पतालमा मात्रै होइन, देशभर नै अत्यन्त अभाव भएको जानकारी गराइयो । औषधि नपाउँदा क्यान्सरका बिरामी उपचारविहीन भएर फर्किनुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले यथाशीघ्र उक्त औषधि उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. रमिला शिल्पकार डंगोल र पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले माजिक सञ्जालमार्फत कार्बोप्लाटिन र सिस्प्लाटिनको अभावले क्यान्सरका बिरामीको उपचार प्रभावित भएको भन्दै क्यान्सरका बिरामीको ज्यान जोखिममा परेको बताएका छन्।

‘किमोथेरापीमा प्रयोग हुने औषधि अभावले क्यान्सरका बिरामीको ज्यानै जान सक्ने जोखिमपूर्ण अवस्था छ। यो अवस्थालाई आकस्मिक अवस्था सोचेर सबै सम्बद्ध निकायले फास्टट्रयाकबाट यो औषधि छिट्टै नेपालमा भित्र्याएर सम्बन्धित अस्पताल र फार्मेसीहरूलाई उपलब्ध गराउन विशेष अनुरोध गर्दछ,’ डा शाहीले भनेका छन्।

डा. शाहीका अनुसार पाटन अस्पतालमा दुई हप्तादेखि उक्त औषधिको अभाव भएको छ। उक्त औषधि अभावले अस्पतालमा उपचाररत करिब ४० प्रतिशत बिरामी प्रभावित भएका छन्। उक्त औषधि समयमै आयात नभएमा बिरामीको ज्यानै जाने जोखिम रहेको डा. शाहीले बताएका छन्।

त्यसैगरी डा शिल्पाकारले भनेकी छिन् ‘नेपालमा अत्यावश्यक क्यान्सर औषधिहरू कार्बोप्लाटिन र सिस्प्लाटिनको अभावले गम्भीर सार्वजनिक स्वास्थ्य संकट निम्त्याएको छ र कतिपय अवस्थामा क्युरेबल (निको हुने) क्यान्सरका बिरामीहरू समेत समयमै उपचार पाउनबाट वञ्चित भइरहेका छन्। यो केवल आपूर्ति समस्या होइन, यो जीवन र मृत्युको प्रश्न हो।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार