काठमाडौँ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालले स्वयंले संसदीय मर्यादा उल्लंघन गरिरहनुभएको आरोप लगाएको छ ।
प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेसका सचेतक निष्कल राईले यस्ताे आरोप लगाएका हुन् । उनले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन प्रतिपक्ष दलहरुले गरेको प्रयासलाई सभामुख अर्यालले साथ नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सचेतक राईले संसदको अभिभावक भएकाले पनि सभामुख अर्याल संसदको मर्यादा एक इन्च पनि तलमाथि गर्न नपाईनेतर्फ समेत ध्यानाकर्षण गराए । उनले यसअघि विपक्षमा रहँदा सभामुख अर्याल स्वयंले संसदको वेल घेराउ गर्दा संसदीय हुने अनि अहिले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन प्लेकार्ड लिएर उभिदा श्रम संस्कृति पार्टीका सांसदहरु कसरी मर्यादित भए भन्दै प्रश्न समेत गर्नुभएकाे छ।
सचेतक राईले सरकारले संसद मर्यादा विपरित काम गरिरहेको समेत जिकिर गरे ।




प्रतिक्रिया दिनुहोस्