ज्योती मगरको नजरमा बालेनको मौनता गाउँघरको दुलाहाले चुपचाप दुलही ल्याउने जस्तै

काठमाडौं– गायिका ज्योती मगर प्रायः चर्चामा रहने कलाकारको नाम हो । गायकीका कारण मात्र नभई आफ्ना अभिव्यक्ति तथा स्टाटसका कारण पनि उनी प्रायः चर्चामा आइरहेकी हुन्छिन् ।



यसपटक पनि उनी एउटा पोडकास्टमा गरेको कुराकानीका कारण चर्चाको विषय बनेकी छिन् । गायिका मगरले जब प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई गाउँ–घरको दुलाहाजस्तै मौन रहने बताइन्, तब उनी चर्चामा आएकी हुन् ।

गायिका मगरलाई जब प्रधानमन्त्री वालेन्द्र शाहको तस्विर देखाएर केहि बोल्न आग्रह गरियो, तब उनले पहिले नै
‘बोलिदेउ न सरकार’ भन्दै हाँसेकी थिइन् ।

यति मात्र होइन, गायिका मगरले यदि जवाफदेहिता नहुने हो भने, नबोल्ने हो भने चुनाव गरेर संसदमा सांसद नै किन राख्ने ? घर–घर पठाइदिए भइहाल्यो नि ? भन्ने रायसमेत व्यक्त गरेकी छिन् ।

त्यस्तै, गायिका मगरले यदि जनताको समस्या नबोलेर, नसुनेर तथा जवाफ नदिएर नै समस्या समाधार हुन्छ, एक जना प्रधानमन्त्रीले नै चल्छ भने त्यतो सांसद राख्नुको अर्थ के ? भनेर प्रश्नसमेत गरेकी छिन् । उनले ‘नबोलेरै काम गर्नु हुन्छ भने संसद किन र सांसद किन ?’ समेत भनेकी छिन् ।

प्रधानमन्त्री शाहको मौनताका बारेमा बोल्दै गायिका मगर भन्छिन्– ‘बालेनसँग धेरै कुराको जवाफ नै हुन्छ जस्तो लाग्दैन । बोल्नका लागि त तपाईँ भित्र कति नलेज छ, दूरदर्शी सोच के हो ? भन्ने कुरा अरुले अब्जर्ब गर्न सक्छ । तर बोल्दै नबोल्ने मान्छे त ज्ञानि हो कि मूर्ख कसरी थाहा हुन्छ ?’

‘बालेनले नबोल्नु त हाम्रो गाउँमा दुलहा लिएर जाँदा बोल्यो भने दुलहीले दुलाहाको वास्तविकता थाहा हुन्छ र दुलहीले नटेर्ने भयो । त्यहि भएर दुलाहाले कालो चस्मा लगाएर मुन्टो मात्र हल्लाउँथ्यो । तर विवाह भएपछि दुलही फर्कन मिलेन, दुलाहा रहेछ विवेकहिन, त्यस्तै हुन पनि सक्छ । त्यसैले हाम्रो लिडरको विवक कति छ भन्ने कुरा जनतालाई थाहा हुन पनि पर्यो नि । त्यसैले बालेनको मौनता विवेकहीन हो कि विवेकवान भन्ने रहेको छ, जुन समयले बताउला ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार