पोखरा । पोखराको प्रसिद्ध पर्यटकीय स्थल फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। जिल्ला कास्की, पोखरा महानगरपालिका-११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय युवक फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।
युवक हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको कमाण्डमा १३ जनाको टोली परिचालन गरिएको थियो।
उक्त टोलीमा विशेषज्ञ गोताखोर र उद्धार टोली सामेल थिए।सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा राति ३:३५ बजे ती युवकलाई अचेत अवस्थामा फेवातालबाट उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पठाइएकोमा अस्पताल पुर्याए लगत्तै चिकित्सकहरूले चेकजाँचको क्रममा उनलाई मृत घोषणा गरेका थियो।




प्रतिक्रिया दिनुहोस्