कैलाली भन्सारले १३ क्विन्टल चिनी सुटुक्क बिक्री गरेपछि लफडा

धनगढी : कैलाली भन्सार कार्यालयले १३ क्विन्टल चिनी सुटुक्क बिक्री गरेको भन्दै लफडा हुँदै आएको छ। कैलाली भन्सार कार्यालयमा सूचीकृत भएका व्यवसायी फर्मका सञ्चालकहरूले दैनिक लफडा गर्दै आएका हुन्।

उनीहरूले प्रक्रिया मिचेर मिलेमतोमा भन्सार कार्यालयले चिनी बिक्री गरेको आरोप लगाएका छन्। भारतबाट तस्करी गरेर ल्याइएको १३ क्विन्टल चिनी भन्सार कार्यालय, कैलालीले लिलामीमा बिक्री गरेको थियो। भन्सार कार्यालय, कैलालीको भवन मर्मतको काम सुरु भएकाले सोही क्षेत्रको गोदाममा राखिएको चिनी सूचना सार्वजनिक नगरेर बिक्री गरिएको दाबी उनीहरूको छ। भन्सारको ३६-१२ को नियम अनुसार कार्यालयले चिनी लिलामीमा बिक्री गरेको बताएको छ। तर, भन्सार कार्यालयमा सूचीकृत भएका फर्मका सञ्चालकहरूले २२ वटा फाइलमा रहेको अन्य सामान बिक्री नगरेर चिनी मात्र मिलेमतोमा बिक्री गरिएको आरोप लगाएका छन्।

कैलाली भन्सार कार्यालयमा शुक्रवारदेखि लफडा हुने गरेको छ। आइतवार बिदाको दिनमासमेत भन्सार कार्यालयमा लफडा भएको छ। फर्म सूचीकृत गराएका एक व्यवसायीले भने, ‘३६-१२ भनेको सडे गलेको वस्तु बिक्री गर्न पाउने हो। २२ वटा फाइलमा चिनी मात्र थियो ? अन्य सामान थिएन होला ? बिस्कुट, लम्किन, सोडा पनि त होला। हामीहरूलाई फाइल किन देखाउनु भएन ? अरू सामान के के थियो ? किन लिलाम गरिएन ? चिनी बाहेक अन्य सामान सड्दैन र ? चिनी मात्र कसरी दिनु भएको हो ? अरू सामान खाल्डोमा हाल्ने सोच हो ? सरकारलाई घाटा लगाउने हो ? तपाइहरू राज्यको कर सङ्कलनमा लागि बस्नु भएको हैन ?’

भन्सार कार्यालयमा आइतवार लफडा गर्न आएका व्यवसायीहरूलाई कर्मचारीहरूले फेरि लिलामीका लागि भन्सार छलीको सामान गोदाममा रहेको भन्दै सम्झाउदै थिए। उनीहरूले आफूबाट गल्ती भएको समेत स्वीकार गरेका छन्। अवसायीहरूले सूचना समेत सार्वजनिक नगरेर चिनी मात्र बिक्री गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। कर्मचारीहरूले आगामी दिनहरूमा आफूहरूबाट गल्ती नहुने व्यवसायीहरूलाई बताएका छन्। तर, भन्सार कार्यालयका कर्मचारीहरूले न्युज नेपालसँग औपचारिक बोल्न चाहेनन्। कार्यालयमा लफडा सुरु भएपछि बिदा रहेको भन्दै प्रमुख भन्सार अधिकृत अन्नत प्रसाद तिम्सिना कार्यालयमा छैनन भने, सूचना अधिकृत प्रकाश तिमल्सिना फोन बन्द गरेर सम्पर्क विहीन भएका छन्।

भारतबाट हाल चिनी आयात बन्द रहेको छ। भारतबाट चिनी आयात बन्द भएपछि तस्करी बढेको हो। तस्करीको सामान भन्सार कार्यालयले लिलामीमा बिक्री गर्दै आएको छ। भन्सार कार्यालयमा सूचीकृत भएका फर्महरूले ठेक्का मार्फत सामान खरिद गर्दै आएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार