कोटा पूरा भएपछि भर्ना बन्द, गरिबीका कारण होइन: दुर्गालक्ष्मी मावि

भक्तराज जोशी

कैलाली : गोदावरी-२ अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले विद्यार्थी भर्ना सम्बन्धी विषयमा स्पष्टिकरण दिएको छ। विद्यालयले “गरिबीका कारण विद्यार्थीलाई भर्ना नलिएको” भन्ने आरोपलाई अस्वीकार गर्दै यथार्थ फरक रहेको जनाएको हो।

विद्यालय प्रशासनका अनुसार चालु शैक्षिक सत्रका लागि तोकिएको भर्ना कोटा पूर्ण रूपमा भरिइसकेकाले नयाँ विद्यार्थी भर्ना लिन नसकिएको हो। नेपाल सरकारद्वारा निर्धारण गरिएको मापदण्डअनुसार प्रत्येक कक्षामा सीमित संख्यामा मात्र विद्यार्थी भर्ना गर्न पाइने व्यवस्था रहेकाले सोही नियमअनुसार भर्ना प्रक्रिया बन्द गरिएको विद्यालयले स्पष्ट पारेको छ।

विद्यालयले गरिबी वा आर्थिक अवस्थाका आधारमा कुनै पनि विद्यार्थीमाथि भेदभाव नगरेको उल्लेख गर्दै विगतदेखि नै विपन्न तथा आवश्यकतामा रहेका विद्यार्थीलाई विभिन्न संघ-संस्थासँग सहकार्य गरी सहयोग गर्दै आएको जनाएको छ।

यस विषयमा गलत बुझाइ नफैलियोस् भन्ने उद्देश्यले विद्यालयले यथार्थ जानकारी सार्वजनिक गरेको बताउँदै सरोकारवालालाई तथ्यमा आधारित धारणा बनाउन आग्रह गरेको छ।

हामीले प्राप्त सूचनाका आधारमा उक्त समाचार तयार गरिएको थियो तर सो विषयवस्तु यथार्थ नभएको भन्दै विद्यालयले स्वयं विज्ञप्ति जारी गरेकोले, सोही आधारमा सम्पूर्ण अभिभावक, विद्यार्थी तथा आम जनसमुदायलाई कुनै पनि भ्रममा नपर्न अनुरोध गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

83%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार