फेवातालको सर्फिङ बोट’मा पर्यटकको आकर्षण

कास्की, वैशाख ३० गते । पोखराको फेवातालमा सञ्चालित ‘कायकिङ तथा सर्फिङ बोट’ मा पर्यटकको आकर्षण बढेको छ । एड्भान्स वाटर स्पोर्ट्सले डेढ वर्षदेखि फेवातालमा सञ्चालनमा ल्याएको उक्त साहसिक जलयात्रामा दैनिक सयौँको सङ्ख्यामा पर्यटक रमाउने गरेका छन् ।

सञ्चालक रोशन जलारीका अनुसार यो डुङ्गा (बोट) उभिएर चलाइन्छ । यद्यपि, धेरैले बसेर र केहीले सुतेरै पनि पानीमा आनन्द लिने गरेका छन् । “यो डुङ्गा चढ्नका लागि प्रतिघन्टा तीन सय रुपियाँ शुल्क निर्धारण गरिएको छ । दैनिक ठुलो सङ्ख्यामा पर्यटकहरू कायकिङका लागि आउने गरेका छन्,” उहाँले भन्नुभयो । विदेशमा बढी रुचाइएको कायकिङ र सर्फिङ नेपालमा पनि आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

पर्यटकको सुरक्षालाई विशेष ध्यान दिइएको सञ्चालकको दाबी छ । “सुरुमा केही डर माने पनि पर्यटकले यसमा निकै रमाइलो अनुभव गर्नुहुन्छ । हामीले अनिवार्य लाइफ ज्याकेट र आवश्यकता अनुसार तालिमप्राप्त गाइडको व्यवस्था गरेका छौँ,” जलारीले भन्नुभयो, “सुरक्षा जाँच र मादक पदार्थ सेवन (मापसे) गरे–नगरेको यकिन गरेर मात्र तालमा पठाउने गरेका छौँ ।” हाल ५० वटा कायकिङ तथा सर्फिङ डुङ्गा सञ्चालनमा छन् ।

हावाहुरी चल्दा वा तालमा छाल बढ्दा सुरक्षाका कारण यो सेवा बन्द गरिन्छ । पर्वतबाट कायकिङको अनुभव लिन आउनुभएका विनोद पौडेलले अनुभव सुनाउँदै भन्नुभयो, “सुरुमा सकिँदैन कि भन्ने डर थियो तर चढिसकेपछि छुट्टै मज्जा आयो । एक घन्टा बितेको पत्तै भएन ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार