चेन्नईको आगामी खेलका लागि धोनी पनि लखनउ जाने सम्भावना

३० वैशाख, काठमाडौं । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा हालसम्म मैदानमा नउत्रिएका चेन्नई सुपर किङ्सका भेट्रान खेलाडी एमएस धोनी लखनउ जाने सम्भावना बढेको छ ।

चेन्नईले शुक्रबार हुने लखनउ सुपर जायन्ट्स विरुद्धको खेलका लागि उनको यात्रा टिकट टोलीसँगै मिलाइसकेको समाचार संस्था क्रिकबजमा उल्लेख छ ।

पिँडुलाको चोटका कारण धोनीले यस सिजन कुनै खेल पनि खेलेका छैनन् । उनले केवल केही अवे खेलमा मात्रै टोलीसँग यात्रा गरेका थिए ।

तर अब चेन्नई प्लेअफको दौडमा रहेकाले बाँकी तीन खेलमध्ये कम्तीमा एउटा खेलमा धोनी मैदानमा देखिन सक्ने अपेक्षा बढेको छ । त्यसैले समर्थकमाझ उनको सम्भावित पुनरागमनलाई लिएर उत्साह थपिएको छ ।

यता मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्याको उपलब्धताबारे भने अझै स्पष्टता आएको छैन । हार्दिक ढाडको समस्याका कारण पछिल्ला दुई खेलमा मैदानबाहिर छन् ।

बिहीबार पन्जाब किङ्सविरुद्ध धर्मशालामा हुने खेलअघि मुम्बईको टोली त्यहाँ पुगिसकेको भए पनि हार्दिक टोलीसँग देखिएका छैनन् । यसले उनको खेल्ने सम्भावनामाथि प्रश्न उठाएको छ ।

यद्यपी टोली स्रोतले उनको चोट गम्भीर नभएको र खेलअघि टोलीसँग जोडिन सक्ने बताएका छन् । यस सिजन हार्दिकको व्यक्तिगत प्रदर्शन पनि अपेक्षाअनुसार हुन सकेको छैन, जसले मुम्बईको चुनौती अझ बढाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार