हर्क साम्पाङको उपसभामुखप्रति प्रहार: “अब हाम्रो पार्टीमा सदस्य छैनन्!”

काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले उपसभामुखको पछिल्लो कदमप्रति कडा आपत्ति जनाउँदै फेसबुक मार्फत एक विशेष घोषणा गर्नुभएको छ।

संवैधानिक परिषद्को निर्णय र उपसभामुखको भूमिकालाई लिएर साम्पाङले अब उपसभामुखसँग पार्टीको कुनै सम्बन्ध नरहेको स्पष्ट पार्नुभएको हो।

साम्पाङको आधिकारिक भनाइ:

“उपसभामुख हाम्रो पार्टीबाट बेसक जानु भएको हो तर वहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन अब ! वहाँको निर्णयमा हाम्रो पार्टीको कुनै निर्देशन र ह्वीप रहँदैन ! त्यसैले मैले खेदप्रकट गरिसकें ! She is not part of us.

किन भयो यस्तो?
संवैधानिक पदमा आसिन भएपछि दलीय संलग्नता नरहने कानुनी प्रावधान भए तापनि, पछिल्लो समय संवैधानिक परिषद्मा उपसभामुखले गरेको निर्णयप्रति अध्यक्ष साम्पाङ असन्तुष्ट देखिनुभएको छ। वहाँले उक्त निर्णयमा पार्टीको कुनै सहमति वा निर्देशन नरहेको प्रस्ट पार्दै उपसभामुखको कदमलाई ‘खेदजनक’ समेत भन्नुभएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार