त्रिविका पदाधिकारीले राजीनामा दिने तयारी

काठमाडौं । सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने तयारीपछि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिने भएका छन् ।

सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश सिफारिस गरेको छ । अध्यादेशबारे राष्ट्रपति पौडेल परामर्शमा छन् ।

नयाँ सरकारलाई काम गर्न सहजताको लागि त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिन लागेका हुन् । उनीहरुले विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री बालेन शाहलाई राजीनामा बुझाउने तयारी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार